+
+
Shares

प्रदेश सांसद सिंहको मोबाइल अख्तियारको नियन्त्रणमा

विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिको खातामा भुक्तानी भएको रकम स्वकीय सचिव कायस्थ मार्फत झिकेर आफ्नो र पत्नीको खातामा जम्मा गर्न लगाएको सिंहमाथि अख्तियारको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १५:३७
सरोजकुमार सिंह

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सांसद सरोजकुमार सिंहको मोबाइल नियन्त्रणमा लिएको छ ।
  • अख्तियारले सांसद सिंहको स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
  • विभिन्न उपभोक्ता समिति गठन गरी समितिको खातामा भुक्तानी भएको रकम कायस्थ मार्फत झिकेर आफ्नो र पत्नीको खातामा जम्मा गर्न लगाएको सांसद सिंहमाथि अख्तियारको आरोप छ ।

१३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहको ग्याजेट (विद्युतीय उपकरण) र उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई नियन्त्रणमा लिएको छ ।

सिंह जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद हुन् ।

अख्तियारले सोमबार दिउँसो सांसद सिंहको घरमा छापा हानेको थियो । सो क्रममा उनले प्रयोग गरिरहेको विद्युतीय उपकरण र उनका स्वकीय सचिव कायस्थलाई नियन्त्रणमा लिएको जनाएको हो ।

विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिको खातामा भुक्तानी भएको रकम स्वकीय सचिव कायस्थ मार्फत झिकेर आफ्नो र पत्नीको खातामा जम्मा गर्न लगाएको अख्तियारको आरोप छ ।

त्यही उजुरीको अनुसन्धानको सिलसिलामा स्वकीय सचिव र उपकरण नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?