
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्री बद्रीप्रसाद पाण्डेले हिमाल संरक्षण सबैको साझा कर्तव्य भएको बताए।
- उनले हिमाल आरोहणमा सफलता हासिल गर्ने आरोहीलाई बधाई दिए र संरक्षणको आवश्यकता औंल्याए।
१३ जेठ, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमाल संरक्षण सबैको साझा कर्तव्य रहेको बताएका छन् ।
मंगलबार आयोजित एभरेस्ट समिटियर सम्मेलनमा मन्त्री पाण्डेले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियर (आरोही) लाई बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने बताए ।
‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौं, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौं,’ मन्त्री पाण्डेले भने ।
सरकार पर्वतारोहण प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताए । पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरे ।
प्रतिक्रिया 4