+
+
Shares

यूके र क्रोएसिया पठाइदिन्छु भन्दै ८ लाख ठगेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा वैदेशिक रोजगारीको प्रलोभन देखाएर दुई व्यक्तिलाई पक्राउ गरिएको छ।
  • एलिया तामाङ र कृष्ण कुमार घिमिरेले पीडितबाट रकम ठगी गरेको जाहेरीका आधारमा पक्राउ परेका हुन्।
  • उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभागलाई जिम्मा लगाइएको छ।

१३ जेठ, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन दिएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । । पक्राउ पर्नेमा कञ्चनपुर पुनरबास नगरपालिका–२ घर भइ हाल काठमाडौं बस्ने ३६ वर्षीया एलिया तामाङ र दोलखा वैतेश्वर गाउँपालिका–६ का काठमाडौंमै बस्दै आएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् ।

यूके पठाइदिन्छु भन्दै तामाङले पीडितहरुबाट ६ लाख रुपैयाँ र घिमिरेले क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको जाहेरीको आधारमा मंगलबार उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

विदेश पठाइदिनेभन्दै रकम असुलेका उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाइएको कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?