+
+
Shares

टिकटकमा मानसिक स्वास्थ्यका लागि गाइडेड मेडिटेसन सुविधा ‘ब्रिद इन, स्क्रोल आउट’ सुरु

टिकटकले ४ करोड २३ लाख अमेरिकी डलर बराबरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेसन फन्ड’ समेत घोषणा गरेको छ, जसले विश्वभरिका विश्वसनीय संस्थाहरूलाई सहयोग पुर्‍याउने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिकटकले नयाँ गाइडेड मेडिटेसन सुविधा र ४ करोड २३ लाख डलरको मानसिक स्वास्थ्य फन्ड सार्वजनिक गरेको छ।
  • सामाजिक जागरूकता र डिजिटल वेलबिइङ प्रवर्द्धन गर्न टिकटकले विश्वव्यापी साझेदारी र अभियानहरू सञ्चालन गर्दैछ।
  • मेडिटेसनले निद्रा र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्ने अनुसन्धानहरू उल्लेख गरिएका छन्।

१३ जेठ, काठमाडौं । विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउने उद्देश्यले ‘टिकटक’ ले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ। यो नयाँ इन–एप टुल प्रयोगकर्तालाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले ल्याइएको हो ।

त्यस्तै टिकटकले ४ करोड २३ लाख अमेरिकी डलर बराबरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेसन फन्ड’ समेत घोषणा गरेको छ, जसले विश्वभरिका विश्वसनीय संस्थाहरूलाई सहयोग पुर्‍याउने छ ।

विद्यालय जीवनमा रहेका किशोरकिशोरीदेखि दैनिक जिम्मेवारी सम्हालिरहेका युवापुस्तासम्मका सबै प्रयोगकर्ताले यो नयाँ टुल प्रयोग गरेर सजिलो रूपमा मेडिटेसन गर्न सक्नेछन् । टिकटकको यो पहल डिजिटल वेलनेस र प्रविधि मार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धताको एक महत्त्वपूर्ण पाटो हो ।
‘मेडिटेसन’ सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ ।

मिठो निद्रा र मानसिक स्वास्थ्यमा योगदान

टिकटकले पहिलेदेखि सञ्चालनमा रहेको स्लिप आवर्स फिचर विस्तार गर्दै अब त्यसमा ‘मेडिटेसन’ सुविधा पनि समावेश गरेको हो ।यस सुविधा मार्फत प्रयोगकर्तालाई राति सुत्नुअघि शान्त र सन्तुलित महसुस गराउने उद्देश्यले गाइडेड मेडिटेसन उपलब्ध गराइएको छ ।

अनुसन्धानहरूले मेडिटेसनले निद्राको गुणस्तर सुधार गर्ने देखाएका छन् । त्यसैले अब यो सुविधा सबै उमेरका प्रयोगकर्तालाई उपलब्ध गराइएको छ । १८ वर्षमुनिका प्रयोगकर्ताका लागि यो सुविधा स्वतः सक्रिय हुन्छ ।

राति १० बजेपछि किशोरकिशोरीको फर यु फिडमा मेडिटेसन देखाइन्छ र उनीहरूले अझै स्क्रोल गर्न जारी राखेको खण्डमा मेडिटेसनको दोस्रो स्क्रिन देखिन्छ जसलाई भने सजिलै हटाउन सकिँदैन । हालसालै गरिएको आन्तरिक परीक्षण अनुसार ९८ प्रतिशत किशोरकिशोरीले यो मेडिटेसन फिचर राख्न रोजेका छन् ।

वयष्क प्रयोगकर्ताले आफ्नो चाहना अनुसार स्क्रिन टाइम सेटिङमा गई स्लिप आवर्स सक्रिय गर्न सक्छन् । आजको व्यस्त दुनियाँमा आराम धेरै जरुरी हुन्छ । विशेषज्ञले तनाव कम गर्न र ध्यान केन्द्रित गर्न दिनमा कम्तीमा १० मिनेट मेडिटेसन गर्न सुझाव दिन्छन् । जामा इन्टर्नल मेडिसिन एन्ड हार्भर्ड हेल्थका अध्ययन अनुसार सुत्नुअघि १०–१५ मिनेट ध्यान गर्नाले निद्रा सुधार हुने, चिन्ता घटाउने र भावनात्मक सन्तुलन कायम गर्न सहयोग गर्दछ ।

विश्वव्यापी मानसिक स्वास्थ्य शिक्षामा २३ लाख डलर लगानी

इन–एप सुविधासँगै टिकटकले २२ देशका ३१ मानसिक स्वास्थ्य सम्बन्धी संस्थासँग साझेदारी गर्दै ४ करोड २३ लाख डलर बराबरको विज्ञापन क्रेडिट दिने घोषणा गरेको छ । यो कोष र टिकटक नेतृत्वको प्रशिक्षणहरूले साझेदारलाई व्यापक दर्शकमा पुग्ने गरी आकर्षक र विश्वसनीय मानसिक स्वास्थ्य सम्बन्धी कन्टेन्ट सिर्जना गर्न मद्दत गर्ने छ।

मानसिक स्वास्थ्य सम्बन्धी छलफल विस्तार हुँदै गइरहेको दक्षिण एसियाली देशहरूमा पनि यो पहल विस्तार गर्ने टिकटकको योजना छ ।

टिकटक दक्षिण एसियाकी ट्रस्ट एन्ड रिजनल लिड आस्मा अन्जुम भन्छिन्, ‘नेपालजस्ता दक्षिण एसियाली मार्केटमा मानसिक स्वास्थ्यबारे कुरा गर्नु पहिले अपाच्य मानिन्थ्यो । तर, अहिले जनचेतना बढ्दै जाँदा व्यवहारमा सकारात्मक परिवर्तन आएको छ ।

धेरै मानिस खुलेर कुरा गर्न, सहयोग माग्न र स्वीकार गर्न थालेका छन् । त्यसैले हामी यो सकारात्मक परिवर्तनलाई अघि बढाउन र हाम्रा प्रयोगकर्ताको हितका लागि इन–एप सुविधा र जनचेतनामूलक अभियानमा लगानी गर्न प्रतिबद्ध छौं।’

वेलबिइङप्रति निरन्तर प्रतिबद्ध

गाइडेड मेडिटेसन सुविधा र मानसिक स्वास्थ्य फन्डले टिकटकको डिजिटल वेलबिइङ र सामाजिक प्रभावप्रतिको दीर्घकालीन प्रतिबद्धता देखाउँछ । टिकटकले अहिले शैक्षिक सामग्री, सुरक्षा उपकरण र अभिभावकीय नियन्त्रण सुविधा पनि थप्दै छ, जसले विशेषगरी युवा प्रयोगकर्ताका लागि स्वस्थ डिजिटल व्यवहार प्रवर्द्धन गर्छ ।

‘गिभिङएसजेडएन’ जस्ता च्यारिटी अभियानहरू, ‘स्टेम’ अध्ययनका सामग्री वा हराएका बालबालिकाका लागि ‘आम्बेर’ अलर्टजस्ता पहलमार्फत टिकटकले मनोरञ्जनसँगै सामाजिक प्रभाव पनि पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रविधि, समुदायको सहभागिता र गैरनाफामूलक संस्थासँगको सहकार्य मार्फत टिकटकले आफूलाई मनोरञ्जन मात्र होइन, सकारात्मक परिवर्तन ल्याउने प्लेटफर्मका रूपमा प्रस्तुत गर्न खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?