
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीले १८औं गणतन्त्र दिवसको अवसरमा कार्यक्रम आयोजना गर्न परिपत्र जारी गर्यो।
- महासचिव घनश्याम भुसालले बुधबार परिपत्रमा सबै जिल्ला कमिटीलाई निर्देशन दिए।
- परिपत्रमा विचार/प्रवचन गोष्ठी, र्याली, वृक्षरोपण लगायत कार्यक्रमहरू आयोजना गर्न भनिएको छ।
१४ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले गणतन्त्र दिवसको अवसरमा जिल्लाको अवस्था अनुसार कार्यक्रम आयोजना गर्न मातहतका कमिटीलाई परिपत्र गरेको छ ।
महासचिव घनश्याम भुसालले बुधबार परिपत्र जारी गर्दै १८औं गणतन्त्र दिवसमा जिल्लाको अवस्था अनुसार कार्यक्रमहरू आयोजना गर्न सबै जिल्ला कमिटीलाई परिपत्र गरेका हुन् ।
२०८२ जेठ १५ गते १८औं गणतन्त्र दिवसको सन्दर्भमा सबै जिल्ला कमिटीले जिल्लाको अवस्था अनुसार विचार/प्रवचन गोष्ठी, र्याली, वृक्षरोपण वा अन्य कार्यक्रमहरूका साथ आयोजना गर्नका लागि यो परिपत्र जारी गरिएको छ,’ परिपत्रमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4