News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली यू-२० महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरिएका छन्।
- बन्द प्रशिक्षणबाट आगामी साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिने टिमको अन्तिम छनोट गरिनेछ।
१५ जेठ, काठमाडौं । यू-२० राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरिएको छ ।
नेपाली यू-२० महिला टिमका मुख्य प्रशिक्षक याम बहादुर गुरुङ र उनको कोचिङ स्टाफले जिल्ला, प्रदेशको प्रारम्भिक छनोट चरण र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अन्तिम छनोट प्रक्रियापछि बन्द प्रशिक्षण प्रशिक्षणका लागि ४० खेलाडीको अन्तिम सूची छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
अन्तिम छनोटमा ६५ खेलाडी सहभागी थिए । ४० खेलाडीको सूचीमा यसअघि नेपालको लागि विभिन्न उमेर समूहका खेलिसकेका खेलाडीहरु पनि समावेश छन् ।
अब बन्द प्रशिक्षणबाट नेपाल यू-२० महिला टिमको अन्तिम छनोट गरिनेछ । त्यस टिमले आगामी जुन ११ देखि २२ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप मा भाग लिनेछ।
बन्द प्रशिक्षणमा छनोट भएका खेलाडीहरू
अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, अवनी रजेश्वरी, वर्षा ओली, भावना परियार, बिर्सना चौधरी, गंगा रोकाया, गायत्री मल्ल, झुमा बिश्वकर्मा, जुना तामाङ, कविता गुरुङ, करुण बुढाथोकी, कुसुम खतिवडा, लिला चन्द, लिला जोशी, मनिषा सेन, मरीना लामा, माया मास्के, मीना देउवा, प्रतिमा सर्मा, पुनम छेम्जोङ, पूर्णिमा राई, रोजिता बिष्ट, रुपा लिम्बु, सबिता मण्डल, सजिना स्यन्ताङ, समिक्षा मगर, सङ्गिता अधिकारी, सनीमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङमा लिम्बु पन्धाक, सेनु परियार, सिमरन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुनिता बिके, सुनिता सुनार, सुसिला केसी।
प्रतिक्रिया 4