+
+

रानी भन्छिन्– म छिटै आमा बन्न चाहान्छु

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २९ गते ९:३४

rani-and-aaditya-chopraतीन बर्षको टेटिङपश्चात यसै बर्ष निर्माता आदित्य चोपडासँग बिबाह बन्धनमा बाँधिएका नायिका रानी मुखर्जीले आफु छिटै आमा बन्न चाहेको बताएकी छिन् ।

‘ हो म अरु महिलाहरुजस्तै आमा बन्न चाहान्छु, त्यसैले त हामीले बिबाह ग¥यौं’– रानीले भनिन– हामीसँग अर्को मानिसलाई जन्माउने अदभूत शक्ति भगवानले दिएका छन भने त्यसका लागि किन ढिला गर्ने ?’

३६ बर्षिय रानीले बलिउडका सवैभन्दा ठूला निर्माता यशराज फिल्मका निर्देशक आदित्यसँग सुटुक्क बिबाह गरिन् । इटलीमा भएको बिबाहमा निकै नजिकका साथीमात्र सहभागी थिए, उनीहरुको बिबाहबारे भारतीय फिल्म उद्योगले औपचारिकरुपमा जानकारी नै पाएन् ।

टाइम्स अफ इन्डियासँगको लामो अन्तरवार्तामा उनले आदित्यको डिभोर्सपछि निकै उदासी समयमा  डेटिङ सुरु भएको खुलाइन् । निर्मातासँग डेटिङ गर्नु आफ्नो रुची नभएको भन्दै उनले भनिन– उनी सिंगल भइसकेपछि र उनका फिल्ममा मैले काम गर्न छाडेपछि मात्र हाम्रो सम्बन्ध सुरु भएको हो ।’

यशराजकै अगाडी बिबाह गर्ने धोको भएपनि त्यो पुरा नभएको उनले बताइन् । जब तक है जान फिल्मको रिलिजसँगै बिबाह गर्ने तयारी गरेको भए पनि आदित्यका पिता यशराजको निधनका कारण एक बर्ष बिबाह सरेको उनले खुलाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?