+
+
Shares

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गर्ने

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई पुनसंरचना गर्ने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमलाई पुनःसंरचना गर्ने घोषणा गरे।
  • सरकारले कानुनी व्यवस्था प्रभावकारी बनाउँदै र दायरा विस्तार गर्दै बीमितको सुविधा थैली वृद्धि गर्ने योजना बनाएको छ।
  • सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरी दोहोरोपना हटाउने र चुहावट नियन्त्रण गर्न संस्थागत प्रशासन कायम गर्ने भनिएको छ।

१५ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई पुनसंरचना गर्ने बताएका हुन् ।

पुनसंरचनाका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यावन्यन र दायारा बिस्तार गरिने उनले जानकारी दिए । त्यसैगरी, बिमितको सुविधा थैली पनि क्रमश वृद्धि गर्ने पौडेलले जानकारी दिए ।

हाल ५ जनाको परिवारका लागि एक लाखसम्मको सुविधा थैली रहेको छ ।

त्यसैगरी, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गर्ने सरकारले घोषणा गरेको छ ।

‘बिमितलाई फरक फरक पोलिसी छनोटको सुविधा उपलब्ध गराइने छ । बिमा सुविधाको दुरुपयोग हुन नदिनका लागि दोहोरोपना हटाइनेछ,’ अर्थमन्त्री पौडेलले भने ।

बीमा हुने चुहावट नियन्त्रण गर्ने संस्थागत प्रशासन कायम गरिने उनले बताए ।

सरकारले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, अति विपन्न तथा अपसंख्यकले दिने गरेको बीमा सुविधालाई निरन्तरता दिइने भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ । यसभन्दा अगाडि सरकारले ७ अर्ब ५० करोड छुट्टाउँदै आएको थियो । अहिले स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थालाई १६ अर्बभन्दा बढी भुक्तानी तिर्न बाँकी छ ।

उक्त भुक्तानी तेस्रो पक्षबाट भरपाई भने चालू आर्थिक वर्षमा नै रकम फरफार गर्ने व्यवस्था मिलाइएको मन्त्री पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?