
प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले डिजिटल भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ।
- डिजिटल कारोबारलाई प्रोत्साहित गर्न समाशोधनगृहको सेवामा लाग्दै आएको भ्याट खारेज गरिएको अर्थमन्त्री पौडेलले बताए ।
- भ्याट खारेज भएपछि डिजिटल सेवा शुल्क घट्ने छ ।
१५ जेठ, काठमाडौं । डिजिटल भुक्तानीमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले डिजिटल भुक्तानीमा भ्याट खारेज गरेको हो ।
डिजिटल भुक्तानीमा हाल १३ प्रतिशत भ्याट लागेपछि सेवा शुल्क महँगिएको थियो ।
‘डिजिटल कारोबारलाई प्रोत्साहित गर्न समाशोधनगृहको सेवामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छु’ मन्त्री पौडेलले बजेट भाषणका क्रममा भने ।
१३ प्रतिशत भ्याट हटेपछि अब सेवा प्रदायकले डिजिटल कारोबारमा लाग्ने शुल्क पनि केही घट्नेछ ।
११ रुपैयाँ ३० पैसा लाग्दै आएको शुल्क १० रुपैयाँमा झर्नेछ भने ९ रुपैयाँ ४ पैसा लाग्दै आएको शुल्क ८ रुपैयाँमा झर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4