+
+
Shares

लागुऔषध ओसारपसारमा कुकुर प्रयोग, ‘रक्की’को घाँटीमा भेटियो ब्राउनसुगर

मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार घरपालुवा कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’मा लुकाएको अवस्थामा ब्राउन सुगर (खैरो हेरोइन) ३.३६ ग्राम र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते ९:२५
घरपालुवा कुकुरको घाँटीमा बाँधिएको बेल्टमा लुकाएर राखिएको ब्राउन सुगर ।

१६ जेठ, विराटनगर । लागुऔषध ओसारपसारमा कुकुर प्रयोग गर्ने गरेको पाइएको छ । बिहीबार उर्लाबारी नगरपालिका– ४ का २४ वर्षीय प्रशान भण्डारी पक्राउ परेपछि कुकुरको प्रयोग खुलेको हो ।

उनी बिहीबार दिउँसो ‘रक्की’ नामको कुकुर लिएर सीमावर्ती बजार जोगवनी पुगेका थिए । उनी विहीबार साँझ करिब ५ बजेतिर जोगवनीबाट कुकुरसहित नै फर्किएका थिए ।

उनीमाथि चेकजाँच गर्दा लागुऔषध फेला परेन । तर उनकै साथमा रहेको कुकुरको घाँटीमा बाँधेको बेल्टमा भने लागुऔषध फेला पर्यो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भण्डारीसँग सोधपुछ गर्ने क्रममा घरपालुवा  कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’मा लुकाएको अवस्थामा ब्राउन सुगर (खैरो हेरोइन) ३.३६ ग्राम र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद भएको हो ।

लागुऔषध बोक्न प्रयोग गरिएको कुकुर भण्डारीको घरमा पालिएको हो ।

भण्डारीलाई कुकुरसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्ता जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?