 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- स्ववियुले त्रिभुवन विश्वविद्यालय तोडफोडको निन्दा गर्दै शैक्षिक आन्दोलनलाई भ्रमित बनाउने प्रयासको विरोध गरेको छ।
- स्ववियु अध्यक्ष दीपक जोशीले शान्तिपूर्ण र संवादमार्फत माग पूरा गर्न आग्रह गरेका छन्।
१६ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा भएको तोडफोडको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले निन्दा गरेको छ । गत १४ जेठमा नेविसंघको एउटा समूहले उपकुलपतिको कार्यालय तोडफोड गरेको थियो ।
‘शैक्षिक आन्दोलनको मार्गलाई नै भ्रमित बनाउने खतरा रहँदा स्ववियु कुनै पनि अराजकता, तोडफोड, अव्यवस्था र तालाबन्दीको कडा शब्दमा निन्दा गर्दछ,’ त्रिवि स्ववियु अध्यक्ष दीपक जोशीले जारी गरेको विज्ञप्तिमा छ ।
विद्यार्थीका न्यायोचित माग शान्तिपूर्ण, अनुशासित र संवादबाट समाधान गर्न स्ववियुले माग गरेको छ ।
विश्वविद्यालयमा स्पष्ट, पारदर्शी र विद्यार्थीमैत्री शैक्षिक क्यालेन्डर लागु हुनुपर्ने माग स्ववियुले गरेको छ ।
‘उपकुलपतिज्यूद्वारा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा देखाइएको प्रतिबद्धता सकारात्मक कदमका रूपमा लिइनुपर्ने भएता पनि विश्वविद्यालय आफैंले हप्ता-हप्तामा शैक्षिक क्यालेन्डर परिवर्तन गर्नु र विद्यार्थी आवश्यकता नजर अन्दाज गर्नुले असंवेदनशीलता झल्किन्छ,’ विज्ञप्तिमा छ ।
त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा भर्ना प्रक्रिया रोकिएको अवस्थामा निजी क्याम्पसहरूमा भने नियमित भर्ना भइरहेको आरोप स्ववियुले लगाएको छ ।
‘यसको कारणले विद्यार्थीमा अन्योल, असमानता र असन्तुष्टि फैलिएको यथार्थलाई नकार्न सकिंदैन । शिक्षाको व्यापारीकरण तर्फ उन्मुख यस्तो प्रवृत्तिको स्वतन्त्र विद्यार्थी युनियन घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘निजी क्याम्पसलाई प्रश्रय दिने गरी रेजिस्ट्रेसन फारम २० जेठसम्म पुनः खोलिएको तथ्यले स्पष्ट पार्छ कि निजी क्याम्पसहरूका सम्पूर्ण रजिस्ट्रेसन फारमहरू प्रविष्ट गरिनेछ ।’
तर आङ्गिक तथा सम्बन्धन प्राप्त सरकारी क्याम्पसहरूमा भने भर्ना प्रक्रिया रोकिएको स्ववियुको भनाइ छ ।
गत ५ चैतमा स्ववियु चुनावको समयमा भर्ना रोकिएको थियो । स्नातकको पहिलो वर्षको भर्नाको समय खुलाउनु पर्ने माग विद्यार्थीको छ ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4