+
+
Shares

हिरासतबाट छुटेपछि लिङ्देन भेट्न पुगे थापा र सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते २१:२५

१८ जेठ, काठमाडौं । प्रहरी नियन्त्रणबाट छुटेलगत्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दिपक सिंह धुम्बाराहीस्थित राप्रपाको कार्यालय पुगेका छन् ।

राप्रपा कार्यालयमा उनीहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरे ।

थापा र सिंहसहित ८ जनालाई प्रहरीले दिउँसो नियन्त्रणमा राखेको थियो । ती मध्ये ७ जनालाई साँझ जिम्मा जमानीमा प्रहरीले छाडेको छ ।

प्रहरी परिसर भद्रकालीबाट रिहा भएलगत्तै उनीहरू राप्रपा कार्यालय पुगेका हुन् । जहाँ, अध्यक्ष लिङ्देनले स्वागत गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

राजावादी प्रदर्शनको क्रममा पक्राउ परेकामध्ये एक जनालाई भने हिरासतमै राखिएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेकामध्ये डा. राजिब झालाई हिरासतमै राखिएको हो ।

झाले मापसे सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, उनले मापसे सेवन गरी भिडमा अपशब्द बोल्ने कार्य समेत गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?