
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते राति चीन भ्रमण सकेर काठमाडौं फर्किंदैछिन्।
- उनीले भ्रमणका क्रममा चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेकी थिइन्।
- भ्रमणमा एमालेको प्रतिनिधि मण्डलले भाग लिएको थियो र यसलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।
१९ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी आज काठमाडौं फर्किंदै छिन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।
भण्डारी यही जेठ १० गते राति एमाले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएकी थिइन् । उनी एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारी नेतृत्वको भ्रमण दलमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, नेता कर्णबहादुर थापा लगायत थिए ।
चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता गरेकी थिइन् । उनले शनिबार गान्सु प्रदेशमा चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेकी थिइन् ।
चेङ चीन सरकारको दोस्रो बरियता र चिनियाँ कम्युनिष्ट पार्टीको आठौं बरियताका नेता हुन् । चेङले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुलाई चिनियाँ पक्षबाट यो भ्रमणलाई उच्च महत्व दिएको रूपमा बुझ्नुपर्ने कूटनीतिज्ञहरू बताउँछन् ।
त्यसअघि बेइजिङ पुग्नासाथ विद्या भण्डारीले सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेटवार्ता गरेकी थिइन् ।
प्रतिक्रिया 4