+

आईपीएलले यसपटक नयाँ च्याम्पियन पाउँदै, बेंगलुरु र पञ्जाब उपाधि भिडन्तमा

२०८२ जेठ  १९ गते ९:२४ २०८२ जेठ १९ गते ९:२४
आईपीएलले यसपटक नयाँ च्याम्पियन पाउँदै, बेंगलुरु र पञ्जाब उपाधि भिडन्तमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएल २०२५ को फाइनलमा आरसीबी र पञ्जाब किंग्स भिड्ने निश्चित भएको छ।
  • पञ्जाबले मुम्बईलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गर्‍यो।
  • फाइनल मंगलबार, जुन ३ मा अहमदाबादमा हुनेछ।

१९ जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यसपटक नयाँ च्याम्पियन पाउने पक्का भएको छ । फाइनलमा दुई उपाधिविहीन टोली रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स आमनेसामने हुने पक्का भएको हो ।

आइतबार अबेर राति अहमदाबादमा सम्पन्न क्वालिफायर २ मा पञ्जाबले मुम्बई इण्डियन्सलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । बेंगलुरुले भने गत बिहीबार पञ्जाबलाई क्वालिफायर १ मा हराएर सोझै फाइनलमा पुगिसकेको छ । फाइनल खेल भोलि मंगलबार अहमदाबादमै हुनेछ ।

बेंगलुरु चौथोपटक फाइनल खेल्दैछ । यसअघि उनीहरू २००९, २०११ र २०१६ मा उपविजेता बनेका थिए। पञ्जाब भने दोस्रोपटक फाइनल पुगेको हो। पहिलोपटक २०१४ मा फाइनल पुग्दा फाइनलमा कोलकातासँग पराजित भएको थियो ।

यता पञ्जाबका कप्तान श्रेयस अय्यरले तीन फरक टिमलाई आईपीएलको फाइनलमा पुर्‍याउने कीर्तिमान पनि बनाएका छन् । उनले सन् २०२० मा दिल्ली क्यापिटल्स, २०२४ मा कोलकाता नाइट राइडर्स (उपाधि विजेता) र अब २०२५ मा पञ्जाब किंग्सलाई फाइनल पुर्‍याएका हुन्।

लिग चरणमा दुवै टिमले १४ खेलमध्ये ९ जित निकालेका थिए भने ४ हार बेहोर्दा १ खेल वर्षाका कारण नतिजाविहीन भयो ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय