+

‘क्यान्सर विजेताहरूले एक-अर्कालाई हौसला दिनुपर्छ’

२०८२ जेठ  १९ गते ११:४५ २०८२ जेठ १९ गते ११:४५
‘क्यान्सर विजेताहरूले एक-अर्कालाई हौसला दिनुपर्छ’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा आयोजित ३८औं क्यान्सर सर्भाइभर दिवसमा क्यान्सर विजेताहरूले जित्न सकिने र मानसिक स्वास्थ्यको महत्त्व व्यक्त गरे।
  • क्यान्सर विजेता वरिष्ठ गायिका मीरा राणाले अहिले पनि क्यान्सर सुन्दा डर लाग्ने तर जित्न सकिने बताइन्।
  • नेपाल क्यान्सर सर्भाइभर सोसाइटीकी अध्यक्ष प्रमिला खनालले विजेताहरूबीच भावनात्मक सम्बन्ध र हौसला आवश्यक रहेको बताए।

१९ जेठ, काठमाडौं । क्यान्सर विजेताहरूले ३८औँ क्यान्सर सर्भाइभर दिवस मनाएका छन् । नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको आयोजनामा काठमाडौंमा यो दिवस मनाइएको हो ।

कार्यक्रममा क्यान्सर विजेता वरिष्ठ गायिका मीरा राणाले अहिले पनि क्यान्सर सुन्दा डर लागे पनि जित्न सकिने बताइन् । ‘४० कटेपछि चाहिँ महिलाले दुई वर्षको फरकमा मेमेग्राफ गराउनुपर्दो रहेछ’ राणाले भनिन् ।

क्यान्सर भएका व्यक्ति घरको पर्खालभित्र मात्रै नबसी बाहिर निस्केर केही न केही काम गर्न राणाको सुझाव छ । त्यसले मानसिक समस्या ल्याउन नदिने उनले बताइन् ।

अर्का क्यान्सर विजेता तथा ‘साइकलयात्री’ ध्रुवप्रसाद हुमागाईँले क्यान्सर लाग्दैमा व्यक्तिको मृत्यु नभइहाल्ने बताए । ‘क्यान्सरलाई जित्न सकिन्छ, यो लाग्दैमा मरिँदैन । क्यान्सर विजेताहरूले क्यान्सरको उयपचार गरिरेहेकाहरूको पनि हौसला बढाउनुपर्छ ।

नेपाल क्यान्सर सर्भाइभर सोसाईटीकी अध्यक्ष प्रमिला खनालले क्यान्सर विजेताहरूमा भावनात्मक रूपमा गहिरो सम्बन्ध रहेको बताइन् । ‘हामीमा भावनात्मक सम्बन्ध गहिरो छ’ खनालले भनिन्, ‘हामीहरू एक अर्कामा हौसला दिने र आत्मबलसहित अगाडि बढ्नुपर्छ ।’

कार्यक्रमा मेची–महाकाली साइकलयात्रा पूरा गरेकी क्यान्सर विजेता नमिता बस्नेतलाई सम्मान गरिएको थियो ।

सन् १९८८ देखि देखि जुन महिनाको पहिलो आइतबार ‘क्यान्सर सर्भाइभर डे’ मनाउने गरिन्छ । नेपालमा भने आठ वर्ष अघिदेखि यही दिन ‘राष्ट्रिय क्यान्सर सर्भाइभर दिवस’ मनाउन थालिएको हो ।

क्यान्सर क्यान्सर सर्भाइभर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय