+
+
Shares

डेढ किलो अफिमसहित कैलालीबाट दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले कैलालीको लम्की-चुहा नगरपालिका–३ स्थित प्याराडाइज होटलबाट अफिमसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा जुम्लाका मेघराज खत्री र जाजरकोटका भक्तबहादुर शाही रहेका छन्।
  • उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१९ जेठ, धनगढी । कैलालीमा डेढ किलाो बढी अफिमसहित दुई जना पक्राउ परेका छन् ।

लम्की-चुहा नगरपालिका–३ स्थित चिसापानीमा रहेको प्याराडाइज होटलबाट एक किलो ७०६ ग्राम लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका-४ बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका-३ का ३२ वर्षीय भक्तबहादुर शाही रहेका छन्।

उनीहरूलाई विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?