News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फुटबल टोलीलाई हङकङ र लाओसविरुद्ध खेल्न बिदाइ गरिएको छ।
- मन्त्री तेजुलाल चौधरीले टोलीलाई शुभकामना दिए।
- टीमले जुन ५ र १० मा क्रमशः हङकङ र लाओससँग खेल्नेछ।
१९ जेठ, काठमाडौं । हङकङ र लाओसविरुद्ध खेल्ने नेपाली फुटबल टोलीलाई बिदाइ गरिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले बिदाइ गरे ।
नेपालले यही जुन ५ तारिख हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने जुन १० मा एएफसी एसियन कप छनोटमा लाओससँग प्रतिस्पर्धा गर्नेछ ।
खेलकुदमन्त्री चाैधरीले राष्ट्रको प्रतिनिधित्व गरेर जाने टिमलाई उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए ।
एसियन कप छनोटमा अन्तर्राष्ट्रिय एक्सपोजर लिनका लागि हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ ।
हङकङ र लाओस विरुद्धका खेलको लागि मुख्य प्रशिक्षक म्याट रोसले सोमबारै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । जसमा कुशल देउवा र सृजनराज गाैतम दुई नयाँ अनुहार छन्।
नेपाली टोली
गोलकिपर: विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ
डिफेण्डर : अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ
मिडफिल्डर : एरिक विष्ट, आयुष घलान, कृतिश रत्न छुन्जु, कुशल देउबा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, रोहित चन्द, सृजन राज, सुमित श्रेष्ठ
फरवार्ड : अन्जन विष्ट, जिलेस्पीजंग कार्की, सुवास बम ठकुरी
प्रतिक्रिया 4