 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय मानव अधिकार आयोगले यातायात व्यवसायीले सेवा ठप्प पारेको प्रति ध्यानाकर्षण जनाएको छ।
- आयोगले यातायात बन्द नगर्न र वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ।
- सरकारले कानुन निर्माण गर्दा सरोकारवाला पक्षसँग छलफल गर्न र समस्या समाधानमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ।
१९ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक यातायात व्यवसायीले सेवा ठप्प पारेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गण्डकी प्रदेश सरकारले नियमावली बनाएर राइड सेयरिङलाई मान्यता दिएपछि यातायात व्यवसायीले सोमबारदेखि सेवा ठप्प पारेकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको हो ।
यातायात बन्द गर्दा सर्वसाधारणमा भोग्नु परेको समस्याप्रति आयोगले चिन्ता व्यक्त गर्दै यसबारे सरोकारवाला पक्षसँग जानकारी लिइरहेको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, ‘आम नागरिकको अधिकारमा पर्नजाने असरप्रति संवेदनशील हुँदै यातायात जस्तो अत्यावश्यकीय सेवा बन्द नगर्न, आवागमनलाई सुचारु गर्न एवं आफ्ना विरोधका कार्यक्रम सञ्चालन वैकल्पिक उपायहरुको अवलम्बन गर्न आयोग यातायात व्यवसायीहरुलाई आग्रह गर्दछ ।’
यस्तै कानुन निर्माण गर्दा सरोकारवाला पक्षसँग पनि पर्याप्त छलफल गर्न र पेशा व्यवसाय सञ्चालनमा देखिएका समस्या वार्तामार्फत समाधान गर्न आयोगले सरकारको समेत ध्यानाकर्षण गराएको छ ।

 
                









 
                     
                                 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4