
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।
- कम्पनीले ३९ लाख ५० हजार सेयर सर्वसाधारणलाई निष्कासन गर्नेछ, जुन कुल सेयरको ३८.३३ प्रतिशत हो।
- कम्पनीले १ सय अंकित मूल्यमा सेयर निष्कासन गर्दै, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रवन्धक रहेको छ।
२० जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।
कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गर्न लागेको हो । जुन कुल सेयरको ३८.३३ प्रतिशत हो ।
अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4