
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीहरूसँग भेट गर्न लागेका छन्।
- भेटमा आयोग गठनपछि सुरु भएको काम, सहजीकरण, प्रक्रिया र पीडितहरूलाई परिपूरणका विषयमा छलफल हुनेछ।
- प्रधानमन्त्रीसँग यी आयोगका पदाधिकारीहरूको भेट पहिलो हो।
२० जेठ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र संक्रमणकालिन न्यायसम्बन्धी काम हेर्ने दुई आयोगका पदाधिकारीहरुबीच भेट हुदैछ ।
प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीहरुलाई भेट्न लागेका हुन् ।
आयोग गठन भएपछि सुरु भएको कामकारवाही, त्यसमा सरकारले गर्नसक्ने सहजीकरण, अबको प्रक्रिया एवं पीडितहरूलाई परिपूरणलगायतका विषयमा छलफल हुन लागेको प्रधानमन्त्रीका संक्रमणकालिन न्याय हेर्ने सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।
आयोग गठन भएपछि प्रधानमन्त्रीसँग भेट हुन लागेको यो पहिलो पटक हो । आ–आफ्नो जिम्मेवारी सम्हालेका दुवै आयोगका पदाधिकारीहरुले उजुरी आह्वान गर्ने लगायतका काम अघि बढाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4