
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठक २२ जेठ काठमाडौं स्थगित भयो।
- प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरे।
- विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको संलग्नता मुद्दामा राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेका छन्।
२२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आजको बैठक सुरु हुना साथ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलका सांसदले उठेर अवरोध गरेका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै राजीनामा मागेका विपक्षी दलहरूले गत १२ जेठदेखि बैठक अवरुद्ध पार्दैै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4