+
प्याट्रिक डि वाइल्ड :

अनुभवी प्रशिक्षकलाई एसियन कपमा छनोट गराउने चुनौती

२०८२ जेठ  २३ गते १७:५५ २०८२ जेठ २३ गते १७:५५

उनले अहिलेसम्म महिला टिमको प्रशिक्षक भएर काम गरेका छैनन् । उनले पहिलो पटक कुनै पनि महिला राष्ट्रिय टिमको रुपमा नेपाली महिला टिमको प्रशिक्षण सम्हाल्दैछन् ।

अनुभवी प्रशिक्षकलाई एसियन कपमा छनोट गराउने चुनौती

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका प्याट्रिक डि वाइल्डले एसियन कप छनोटमा नेपालको सफलता लक्ष्य बनाएका छन्।
  • उनले पहिलो पटक नेपाली महिला टिमको प्रशिक्षक भएर जिम्मेवारी लिएका हुन्।
  • उनले आफ्नो अनुभव र खेलकुदको ज्ञान प्रयोग गरी टोलीलाई सुधार गर्न प्रतिबद्धता व्यक्त गरे।

२३ जेठ, काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएका प्याट्रिक डि वाइल्ड अनुभवी प्रशिक्षक हुन् । विभिन्न देश र क्लबमा प्रशिक्षण दिएर सिभी बलियो बनाइसकेका प्याट्रिक नयाँ चुनौती स्वीकार गर्दै नेपाली महिला फुटबल टिम सम्हाल्न आइपुगेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार ६१ वर्षीय डि वाइल्डलाई मुख्य प्रशिक्षक नियुक्त गर्दै सम्झौता समेत गरेको छ । एन्फाका अनुसार सम्झौता एक वर्षको लागि हुनेछ ।

अब उनको जिम्मेवारी नेपाली टिमलाई एएफसी महिला एसिया कपमा छनोट गराउनु हुनेछ । यही जुन अन्तिम देखि उज्वेकिस्तानमा हुने एएफसी एसियन कप क्वालिफायरलाई मध्यनजर गर्दै एन्फाले प्रो लाइसेन्स प्राप्त विदेशी प्रशिक्षक नियुक्त गरेको हो ।

प्याट्रिक डे वाइल्डले सुरुमै प्रशिक्षक बनेर नेपाल फर्कन पाउँदा खुशी व्यक्त गरे । ‘फेरि नेपाल आउँदा प्खुशी लागेको छ । टुरिष्ट भएर होइन फुटबलका लागि आएको छु ।’ यसबाट नै प्याट्रिकको नेपाल आउनुको उदेश्यको प्रष्ट बुझ्न सकिन्छ ।

एसियन कप छनोटमा नेपालल उज्वेकिस्तान, लाओस र श्रीलंकासँग खेल्नेछ । जुन २९ मा लाओसविरुद्ध हुने म्याचबाट प्याट्रिकले नेपालको प्रशिक्षणमा डेब्यु गर्नेछन् ।

राष्ट्रिय टिमको प्रशिक्षक बनेपछि जिम्मेवारी बढेको उनले बताए । ‘राष्ट्रिय टिमको प्रशिक्षक बनेपछि अहिले जिम्मेवारी बढेको छ’ उनले भने । ‘यो (वुमन्स एसियन कप छनोट) ठूलो प्रतियोगिता हो र ठूलो चुनौती पनि छ’ प्याट्रिकले भने ।

पहिलो प्रो लाइसेन्स प्रशिक्षक

प्याट्रिक डि वाइल्ड नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्हाल्ने पहिलो प्रो लाइसेन्स प्राप्त प्रशिक्षक बनेका छन् । समग्रमा भने उनी नेपाली महिला टोली हेर्ने दोस्रो विदेशी प्रशिक्षक हुनेछन् । यसअघि सन् २०१९ मा अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सले नेपालको महिला टोलीलाई प्रशिक्षण दिएका थिए ।

फिलिप्स त्यस समयमा एन्फाको टेक्निकल डिरेक्टरको रुपमा थिए । एन्फाले एसियन कप छनोटलाई ध्यानमा राखेर ग्यारी फिलिपिसलाई महिला टोलीको प्रशिक्षक बनाएको थियो । तर छोटो समयमा ठूलो काम पाउँदा उनले नेपाललाई महिला एसिया कपमा छनोट गराउन भने सकेनन् ।

यस पटक भने एन्फाले महिला टिमको प्रशिक्षकका लागि प्रो लाइसेन्स भएको र अन्तर्राष्ट्रिय सिनियर टिमहरु हेरिसकेको प्रशिक्षकलाई प्राथमिकतामा राखेको थियो ।

२१ जनाले आवेदन दिएकोमा २ जनाको नाम अन्तिममा सर्टलिस्ट गर्दै त्यसबाट प्याट्रिकलाई छनोट गरिएको हो । ‘प्याट्रिकको ज्ञान, अनुभव र एनएसएलमा पनि काम गरेको आधारमा उनलाई छनोट गरिएको हो’ प्रशिक्षक छनोट समितिका संयोजक हरि खड्काले भने ।

२१ जनामा अन्य हाई प्रोफ्राइल प्रशिक्षकहरु पनि रहेकोले आर्थिक रुपमा पनि कठिन पर्ने भएकोले अन्यलाई छाडेर प्याट्रिकलाई रोजेको पनि खड्काले जानकारी दिए ।

एसियन कप पुर्‍याउने चुनौती

प्याट्रिक डि वाइल्ड अनुभवी प्रशिक्षक भएपनि उनीसँग एउटा कुराको कमी छ । त्यो भने उनले अहिलेसम्म महिला टिमको प्रशिक्षक भएर काम गरेका छैनन् । उनले पहिलो पटक कुनै पनि महिला राष्ट्रिय टिमको रुपमा नेपाली महिला टिमको प्रशिक्षण सम्हाल्दैछन् ।

तर अर्कोतर्फ एन्फाले उनी अनुभवी भएकैले महिला एसियन कप छनोटलाई ध्यानमा राख्दै प्याट्रिकलाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ । त्यसैले अहिले उनको मुख्य चुनौती छ नेपाली महिला टिमसँग राम्रो वातावरण माहोल बनाउनु अनी एक महिनापछि नेपाललाई महिला एसियन कपमा छनोट गराउनु ।

प्रशिक्षक प्याट्रिकले पनि अहिलेको आफ्नो प्राथमिकता एसियन कप छनोट रहेको र त्यसमा तीन खेलमा केन्द्रित हुने बताए । ‘सुरुमा हामी लाओस र श्रीलंका विरुद्धको खेलमा केन्द्रित गर्नेछौँ । त्यसपछि उज्वेकिस्तानको खेलमा केन्द्रित हुनेछौँ । अहिले यो ३ खेल महत्वपूर्ण छ ।’

उनले आफू व्यक्तिगत खेलाडीमा भन्दा टिममा ध्यान दिने बताए । ‘म व्यक्तिगत खेलाडीको बारेमा कुरा गर्दिन, टिम महत्वपूर्ण हो । टिममा सबैलाई स्वागत छ’ उनले भने ।

नेपाली टिममा हाल विदेशी लिग खेलिरहेका चार खेलाडी छन् । थाइल्याण्ड विरुद्ध खेलेर आएपछि पुजा राना भुटानी लिग खेल्न फर्किसकेका छन् । फ्रेन्च लिग खेलेका सावित्रा भण्डारी साम्बा, ग्रीस लिग खेलेर बएकी कप्तान एन्जिला तुम्बापो सुब्बा र युएईको लिग खेलकी रेखा पौडेलसँग व्यावसायिक लिगको पनि अनुभव छ । ‘निश्चय नै यसले टिममा सहयोग पुग्छ ।’

एएफसी महिला एसियन कप छनोटको लागि अब ३ साताको समय बाँकी रहेकोले अब भोलिदेखि नै त्यसमा केन्द्रित भएर काम गर्ने प्याट्रिकले बताए ।

उनको लागि मुख्य चुनौती भनेकै एसियन कपमा छनोट गराउनु नै हो । किनभने नेपालको महिला टिमले एसियन कप नखेलेको पनि २६ वर्ष भइसकेको छ । पछिल्लो पटक सन् २०२२ को महिला एसिनय कपमा लागि छनोट खेलेपछि नेपाल छनोट हुन सकेन ।

अहिलेसम्म नेपालको महिला टोलीले तीन पटक मात्र सन् १९८६, १९८९ र १९९९ मा मात्र महिला एसियन कप खेलेको छ । अब फेरि नेपाल महिला एसियन कप खेल्ने लक्ष्यमा छ र त्यसमा साथ दिन आइपुगेका छन् बेल्जियन प्याट्रिक डि वाइल्ड ।

प्याट्रिकले आफू केही परिवर्तन गर्ने लक्ष्यसहित आएको बताए । उनले खेलाडी छनोट देखि खेल्ने वातावरणमा परिवर्तन हुने संकेत गरेका छन् । यस्तै शुक्रबार बिहान यू२० राष्ट्रिय टिमको क्याम्प पनि हेरेको र तयसमा केही राम्रा क्षमतावान खेलाडी देखेको बताए ।

दुई दशकको अनुभव

उमेरले ६ दशक पार गरिसकेका प्याट्रिक डि वाइल्ड अनुभवी प्रशिक्षक हुन् । उनीसँग युरोप मात्र नभएर विभिन्न राष्ट्रका क्लब, टिम, ओलम्पिक टिमलाई प्रशिक्षण दिइसकेको अनुभव छ ।

प्याट्रिकको बायोडाटा लामो छ । त्यसले पनि उनको अनुभव पुष्टी गर्छ । पछिल्लो समय उनले गरेको काम नेपालमै थियो, एनएसएलमा उनी काठमाडौं रेजर्सको प्रशिक्षक थिए ।

त्यसअघि उनले चीन को यू-२३ (ओलम्पिक) टिम, रुवान्डा, सोमालिया जस्ता टिमको प्रशिक्षक भएर काम गरिसकेका थिए ।

यस्तै उनले टेक्निकल डिरेक्टरको भमिकामा समेत विभिन्न टिममा काम गरिसकेका छन् । उनले औपचारिक रुपमा प्रशिक्षण गर्न थालेको पनि दुई दशक जति भइसकेको छ । त्यसैले उनको सिभी हेर्दा पनि उनी निकै अनुभवी प्रशिक्षक देखिन्छन् ।

उनले अल्जेरिया टिमको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । लामो समय कोचिङ करियरमा बिताएका उनले पहिलो पटक एसियाको क्लबको रुपमा एनएसएलमा रेजर्ससँग काम गरेका थिए ।

प्याट्रिकले सन् १९९९ मा बेल्जियमबाटै प्रशिक्षकको रुपमा काम सुरु गरेपनि उनको पहिलो औपचारिक प्रशिक्षकको भूमिका भने सन् २००७ मा पाएका थिए । बेर् मा हुँदा उनले त्यहाको दोस्रो देखि चौथो डिभिजनको क्लबमा प्रशिक्षक भएर काम गरेका थिए ।

उनले सन् २००७ मा युक्रेनको मेटालर्ग डोनेस्कको प्रशिक्षकको रुपमा काम गरेका थिए । उनले पछिल्लो पटक सन् २०२३-२४ मा चीनको ओलम्पिक टिमको प्रशिक्षकको रुपमा काम गरेका थिए ।

उनले आफू सधैँ जित्न चाहने र अन्तिम लक्ष्य जित्नु नै रहेको बताए । ‘हामीले जित्नुपर्छ र हामी जित्न चाहन्छौं’ उनले भने ।

प्याट्रिक डे विल्डे
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय