+
+
Shares

सकियो ‘हिमालयन ट्राभल मार्ट’

मार्टले अन्तर्राष्ट्रिय क्रेता, विक्रेता, सञ्चारकर्मी, पर्यटन व्यवसायी, नीतिनिर्माता र सरोकारवालाबीच भव्य जमघट जुटाएको समेत पाटाको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘हिमालयन ट्राभल मार्ट २०२५’ को पाँचौं संस्करण काठमाडौंमा सम्पन्न भयो।
  • पाटा–नेपाल च्याप्टरले दिगो पर्यटन र नयाँ मापदण्ड स्थापना गरेको जनाएको छ।
  • अन्तर्राष्ट्रिय अतिथिहरुले नेपालका सांस्कृतिक, प्राकृतिक र साहसिक गन्तव्यहरू अवलोकन गरे।

२५ जेठ, काठमाडौं । ‘हिमालयन ट्राभल मार्ट २०२५’ को पाँचौं संस्करण सकिएको छ । मार्टमा विश्व पर्यटन समुदायका ३० देशबाट १ सयभन्दा बढी अन्तर्राष्ट्रिय र नेपाली पर्यटन क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला सहित ७ सयभन्दा बढी प्रतिनिधि सहभागी भएको पाटा–नेपाल च्याप्टरले जनाएको छ ।

‘माउन्टेन, माइलस्टोन्स एन्ड मोमेन्टम’ भन्ने मूलनारा साथ मार्ट सम्पन्न भएको हो । पाटा–नेपाल च्याप्टरको ५०औं वार्षिकोत्सवको विशेष अवसर प्रतिविम्बित गर्नुका साथै दिगो पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय पर्यटन सहकार्य, प्रवद्र्धन र दिगो पर्यटन वृद्धिका लागि नयाँ मापदण्ड समेत स्थापित गरेको पाटाले जनाएको छ ।

मार्टले अन्तर्राष्ट्रिय क्रेता, विक्रेता, सञ्चारकर्मी, पर्यटन व्यवसायी, नीतिनिर्माता र सरोकारवालाबीच भव्य जमघट जुटाएको समेत पाटाको भनाइ छ ।

कार्यक्रमको पूर्वसन्ध्यामा ३० मेदेखि २ जुनसम्म आयोजित परिचयात्मक भ्रमणमा अन्तर्राष्ट्रिय अतिथिले काठमाडौं, चितवन, पोखरा, पनौती र धुलिखेल जस्ता गन्तव्य पुगेर विविध अनुभव सँगालेका थिए ।

ती यात्राले नेपालको सांस्कृतिक सम्पदा, वन्यजन्तु, सामुदायिक पर्यटन, साहसिक, स्वास्थ्य र आध्यात्मिक अनुभवलाई प्रत्यक्ष अनुभूत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?