
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्लाका केही प्रतिनिधिले नयाँ वाईसीएल कार्यसमितिको शपथ बहिष्कार गरेका छन्।
- शपथ बहिष्कारमा सचिवसहित केही पदाधिकारी र निर्वाचन आयोग प्रमुख पनि सहभागी भएका छैनन्।
- बहिष्कारको कारण नाम नआएको र शुल्क लिइए पनि नाम नआएको उल्लेख गरिएको छ।
२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन (वाईसीएल) को नयाँ कार्यसमितिप्रति काठमाडौं जिल्लाका केही प्रतिनिधिले असन्तुष्टि जनाउँदै शपथ बहिष्कार गरेका छन् ।
नयाँ कार्यसमितिका २ सचिवसहितले शपथ ग्रहण समारोह बहिष्कार गरेका हुन् । नयाँ कार्यसमितिको सचिवमा निर्विरोध परेका सन्तोष गुरुङ, राज प्याकुरेलले शपथ बहिष्कार गरेका हुन् ।
त्यस्तै, निर्वाचन आयोग प्रमुख विमल प्रसाद कँडेल लगायतले बहिष्कार गरेका हुन् ।
केन्द्रीय कमिटीका लागि नोमिनेशन भएका ७ जनाको शुल्क लिएर पनि नाम नआएको भन्दै ७ जनाले बहिष्कार गरेको केन्द्रीय पदाधिकारी विनोद भट्टले जानकारी दिए ।
भट्टका अनुसार, उनीसहित सुरेन्द्र दाहाल, विजय विश्वकर्मा र सुवास क्षेत्रीले पनि बहिष्कार गरेका छन् ।
केन्द्रीय कार्यालयमा अहिले छलफलका लागि बोलाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4