
News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रियाको ग्रात्ज शहरस्थित एक विद्यालयमा गोलीकाण्ड भएको पुष्टि भएको छ।
- ओआरएफले गृह मन्त्रालयलाई उद्धृत गर्दै धेरै व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ।
- अभियुक्तले विद्यालयको शौचालयमा आत्महत्या गरेको अनुमान गरिएको छ।
२७ वैशाख, काठमाडौं । अस्ट्रियाको ग्रात्ज शहरस्थित एक विद्यालयमा गोली चलेको छ ।
अस्ट्रियाली सार्वजनिक प्रसारक ओआरएफले गृह मन्त्रालयलाई उद्धृत गर्दै उक्त गोलीकाण्डमा धेरै व्यक्तिको मृत्यु भएको उल्लेख गरेको छ ।
बीबीसीका अनुसार, घटनामा केही विद्यार्थी र शिक्षकहरू पनि हताहत भएका छन् ।
गोली चलाउने अभियुक्तले पछि विद्यालयको शौचालयमा आत्महत्या गरेको अनुमान गरिएको छ ।
अस्ट्रियाली प्रहरीले गोलीकाण्ड ग्रात्ज शहरको एक संघीय उच्च माध्यमिक विद्यालयमा भएको पुष्टि गरेको छ । उक्त विद्यालय रेल स्टेशन नजिकै रहेको प्रहरीले विवरणहरूमा उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4