+
+
Shares

आईएमई हस्पिटालिटीका होटलमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आईएमई हस्पिटालिटीबीच एससीटी–यूपीआई कार्डका ग्राहकलाई ग्रुप अन्तर्गतका होटलमा १५ प्रतिशतसम्म छुट हुने सम्झौता भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र आईएमई हस्पिटालिटीबीच सम्झौता भयो।
  • सम्झौता अनुसार १ जुनदेखि ३१ डिसेम्बर २०२५ सम्म एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले होटलहरूमा १५ प्रतिशत छुट पाउनेछन्।
  • छुटको सुविधा कोठा महसुल र फुड एन्ड बेभरेज बिलमा मात्र उपलब्ध हुनेछ।

२७ जेठ, काठमाडौं । एससीटी–यूपीआई कार्डका ग्राहकले आईएमई हस्पिटालिटीका होटलहरूमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आईएमई हस्पिटालिटीबीच एससीटी–यूपीआई कार्डका ग्राहकलाई ग्रुप अन्तर्गतका होटलमा १५ प्रतिशतसम्म छुट हुने सम्झौता भएको छ ।

सम्झौता अनुसार १ जुनदेखि ३१ डिसेम्बर २०२५ सम्म लाजिम्पाटस्थित होटल ले हिमालय र साके एन्ड फेंग तथा पोखरास्थित लेकसाइड रिट्रिटमा एससीटी–यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरे फुड एन्ड बेभेरेज बिल तथा कोठा महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् ।

कोठा महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?