+
+
Shares

मोरङदेखि प्रेमी बोलाएर पोखरामा हनी ट्रयाप, ५० लाख बार्गेनिङपछि ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङदेखि प्रेमीलाई पोखरा बोलाएर सुनचाँदी व्यवसायीलाई हनी ट्र्यापमा पार्दै रकम माग गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेहरूमा मरियम राई, देव लिम्बु र टेकबहादुर सुवेदी छन्, जसलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो।
  • प्रहरीले उनीहरूविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाएको र अडियो समेत फेला पारेको जनाएको छ।

२९ जेठ, काठमाडौं । मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुनचाँदी व्यवसायीलाई हनी ट्र्यापमा पार्दै रकम बार्गेनिङ गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्‍गा बस्ने २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोक घर भएका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक लाभको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।

पक्राउ परेकी युवती मरियम पोखराकै एक सुनचाँदी पसलमा काम गर्थिन् । आफैंले काम गर्ने पसलका सञ्चालकलाई हनी ट्र्याप शैलीमा फसाएर रकम लिने उदेश्यले थप दुई युवकलाई पोखरा बोलाएको पाइएको डीएसपी बस्नेतले बताए ।

पक्राउ परेका मध्य देव मेरियमको प्रेमी रहेको प्रहरीले बताएको छ । दुई युवक पोखरा पुगेपछि सुनचाँदी पसल सञ्चालककी श्रीमतीलाई उनीहरूले धम्क्याउँदै रकम माग गरेको पाइएको छ । श्रीमान्ले मेरियमलाई बलात्कार गरेको र जीन्दगीभरलाई पुग्ने सम्पत्ति नदिए मुद्दा मामिला गरेर सडाउने धम्की दिएको पाइएको एक अधिकृतले बताए ।

उक्त अडियो समेत प्रहरीले फेला पारेको छ । हनी ट्रयाप शैलीमा रकम असुल्न खोजेको भन्ने सूचना पाएपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?