News Summary
Generated by OK AI. Editorially reviewed.- फिन एलेनले टी-२० क्रिकेटमा सर्वाधिक १९ छक्का प्रहार गरे।
- उनले १५१ रन बनाउँदै कीर्तिमान तोडे।
- यसअघि क्रिस गेल र साहिल चौहानले १८ छक्का प्रहार गरेका थिए।
३० जेठ, काठमाडौं । मेजर लिग क्रिकेटमा सान फ्रान्सिस्को युनिकर्न्सबाट खेल्ने न्युजिल्याण्डका क्रिकेटर फिन एलेनले टी-२० क्रिकेटको एकै इनिङमा सर्वाधिक छक्काको कीर्तिमान तोडेका छन् ।
शुक्रबारदेखि सुरु भएको एमएलसीको तेस्रो संस्करणको पहिलो खेलमा वासिङटन फ्रीडमविरुद्ध एलेनले विस्फोटक शतक बनाउँदा छक्काकै कीर्तिमान तोडे ।
एलेनले यस खेलमा १९ छक्का प्रहार गरे र ५१ बलमा १५१ रन बनाएर आउट भएका छन् ।
यसअघि टी-२० क्रिकेटमा सर्वाधिक छक्काको कीर्तिमान क्रिस गेल र साहिल चौहानको नाममा थियो । गेलले बंगलादेश प्रिमियर लिगमा खेल्दा एकै इनिङमा १८ छक्का प्रहार गरेका थिए भने इस्टोनियाका चौहानले साइप्रसविरुद्ध टी-२०आईमै १८ छक्का प्रहार गरेका थिए ।
एलेनको विस्फोटक १५० रन मद्दतमा युनिकर्न्सले २० ओभरमा ५ विकेट गुमाएर २६९ रन बनाएको छ । इनिङमा कुल २८ छक्का प्रहार भए ।
फिन एलेनले न्युजिल्याण्डबाट खेल्दा पनि पाकिस्तानविरुद्धको टी-२०आईमा १६ छक्का प्रहार गरेका थिए ।
प्रतिक्रिया 4