+
+
Shares

गोलभेँडाको मूल्य २ दिनमा २९ प्रतिशत घट्यो, किलोको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १२:२९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारको तथ्यांक अनुसार, दुई दिनमा गोलभेँडाको मूल्य २९ प्रतिशतले घटेको छ।
  • गत शनिबार ७० रुपैयाँमा कारोबार भएको गोलभेँडाको मूल्य बुधबार १०४ रुपैयाँ पुगेको थियो।
  • अहिले लगातार दुई दिनमा मूल्य घटेर स्थानीय र भारतीय गोलभेँडाको मूल्य ७३ रुपैयाँ र ५४ रुपैयाँ कायम भएको छ।

३० जेठ, काठमाडौं । बजारमा गोलभेँडको मूल्यमा गिरावट आएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार २ दिनमा गोलभेँडाको भाउ २९ प्रतिशतले घटेको छ ।

कालीमाटी बजारको तथ्यांक हेर्दा २ दिनमा गोलभेँडाको भाउमा प्रतिकिलो ३१ रुपैयाँको गिरावट आएको छ ।

गत शनिबार प्रतिकिलो ७० रुपैयाँमा कारोबार भएको नेपाली गोलभेँडाको मूल्य बढेर बुधबार १ सय ४ रुपैयाँसम्म पुगेको थियो । अहिले लगातार २ दिनमा गोलभेँडाको मूल्यमा गिरावट आएको हो ।

बुधबार प्रतिकिलो १०४ रुपैयाँमा कारोबार भएको नेपाली ठूलो गोलभेँडा र भारतीय ठूलो गोलभेँडाको मूल्य आज शुक्रबार ७३ रुपैयाँ कायम भएको छ ।

यस्तै लोकल गोलभेँडाको मूल्य पनि २ दिनमा प्रतिकिलो २१ रुपैयाँले घटेर ५४ रुपैयाँममा कारोबार भइरहेको छ ।

टनेलको सानो गोलभेँडाको मूल्य २ दिनमा प्रतिकिलो २१ रुपैयाँले घटेर ६५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?