+
+
Shares

संसदमा गृहमन्त्री बोलिरहँदा रास्वपाका सांसदहरूद्वारा वेल घेराउ : LIVE

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद् बैठकमा गृहमन्त्री रमेश लेखक बोलिरहँदा रास्वपाका सांसदहरूले वेल घेराउ गरे।
  • ३० जेठ काठमाडौंमा भएको बैठकमा सांसदहरूले विरोध जनाए।
  • सांसदहरूले सरकारको कार्यशैली र नीतिप्रति असन्तुष्टि व्यक्त गरे।

३० जेठ, काठमाडौं । संसद् बैठकमा गृहमन्त्री रमेश लेखक बोलिरहँदा रास्वपाका सांसदहरूद्वारा वेल घेराउ गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए ।

यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ ।

उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन ।

यसैबीच केहीबेर अघिबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले अवरोध गरिरहेको छ ।

माओवादी र समाजवादी भने विरोधमा उभिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?