+

निब्स एसइइ कप बास्केटबल : आयोजक निब्स क्वाटरफाइनलमा

२०८२ जेठ  ३० गते १७:५३ २०८२ जेठ ३० गते १७:५३
निब्स एसइइ कप बास्केटबल : आयोजक निब्स क्वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेसनल आइडियल बोर्डिङ स्कुलले दोस्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबलको क्वाटरफाइनलमा प्रवेश गर्यो।
  • प्रतियोगितामा ३६ टिम सहभागी छन् र विजेताले १० हजार नगद पुरस्कार पाउनेछन्।
  • प्रतियोगिता शनिबार सम्पन्न हुनेछ र उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बल हस्तान्तरण गरे।

३० जेठ, काठमाडौं ।  आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) दोस्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निब्ससँगै भ्याली पब्लिक ‘ए’ र ‘बी’, लालीगुराँस नेसनल एकेडेमी, न्युटन, फेरिल्यान्ड, हिमशिला र ग्रिनल्यान्डले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइजमा भ्याली पब्लिक, क्यान्भास बसन्त ऋतु, स्किब्स ‘ए’, टिम हसल, लालीगुराँस ‘ए’ र ‘बी’, फेरिल्यान्ड, हिमशिला, बीएमसीए, ग्रिनल्यान्ड, पारामाउन्ट एकेडेमी, नेसनल युनाइटेड, जेबी स्कुल, स्पोर्ट्स जोन, न्युटन तथा मन्जरीले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतो र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे ।

ब्वाइजमा २४ तथा गर्ल्समा १२ टिम गरी ३६ टिम सहभागी छन् । दुवै समूहको विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

निब्स बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय