News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्लाव्यापी वृहत खेलकुद अन्तर्गत टेबलटेनिसमा प्राज्ना महर्जन र अन्शु खनालले स्वर्ण पदक जिते।
- प्रतियोगिता काठमाडौं महानगरपालिका १७ र ११ का खेलाडीहरूले जितेका हुन्।
- कार्यक्रमको औपचारिक उद्घाटन आइतबार लैनचौर मैदानमा हुनेछ।
३१ जेठ, काठमाडौं । काठमाडौं जिल्लाव्यापी वृहत खेलकुद अन्तर्गत टेबलटेनिसमा काठमाडौं महानगरपालिका १७ की प्राज्ना महर्जन र काठमाडौं महानगरपालिका ११ की अन्शु खनालले शनिबार स्वर्ण जितेका छन् ।
गर्ल्स सिंगल्सको यु–१६ मा प्राज्ना र यु–१४ मा अन्शु पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु–१६ फाइनलमा प्राज्नाले कीर्तिपुर नगरपालिकाकी मिचुली महर्जनलाई तीन सेट समान ११–८ मा पराजित गरिन् । काठमाडौं महानगरपालिका ६ की विद्विसा मैनाली र तार्केश्वर नगरपालिकाकी श्रृष्टि बुढाथोकी संयुक्त रुपमा तेस्रो भए ।
काठमाडौं महानगरपालिका वडा २६ को आयोजनामा भइरहेको प्रतियोगिताको यु–१४ फाइनलमा अन्शुले तार्केश्वरकी स्मृति गुरुङलाई ११–६, ११–३ र ११–८ को सोझो सेटमा हराइन् । काठमाडौं महानगरपालिका ७ की परिधि बस्नेत र कीर्तिपुरकी डेजी महर्जन तेस्रो बने ।
यू–१२ ब्वाइज सिंगल्समा काठमाडौं महानगरपालिका ३० का कृतन श्रेष्ठले स्वर्ण जिते । कृतनले फाइनलमा काठमाडौं महानगरपालिका २१ का सविक डंगोललाई ११–७, ८–११, ११–४ र ११–४ को सेटमा पाखा लगाए ।
काठमाडौं महानगरपालिका २५ का रेयान्श श्रेष्ठ र काठमाडौं महानगरपालिका २६ का डानियल महर्जनले कांस्य हात पारे ।
सो स्पर्धाको गर्ल्समा काठमाडौं महानगरपालिका १६ की यमिला श्रेष्ठले काठमाडौं महानगरपालिका २६ की तारा तामाङलाई सीधा सेटमा ११–५, ११–३ र ११–३ ले हराउदै स्वर्ण जितिन् । काठमाडौं महानगरपालिका २६ का सदिक्षा तामाङ र नेरिशा तामाङले कांस्य जिते ।
आइतबारसम्म चल्ने टेबलटेनिसमा ८ स्पर्धामा १ सय खेलाडी सहभागी छन् । कुल पुरस्कार राशी १ लाख ६० हजार रुपैयाँ रहेको छ ।
टेबलटेनिससहित फुटसल, तेक्वान्दो, कराते र क्योकुसिन कराते गरी ५ खेल समावेश बृहत खेलकुदको औपचारिक उद्घाटन भने आइतबार लैनचौर मैदानमा हुनेछ ।
वृहत खेलकुदको कुल पुरस्कार राशी ११ लाख ९० हजार रुपैयाँ रहेको आयोजक वडा २६ का अधयक्ष ख्यामराज तिवारीले जनाएका छन् ।
प्रतिक्रिया 4