+
+
Shares

कामना सेवाद्वारा दृष्टिविहीनलाई वित्तीय साक्षरता प्रदान

बैंकका ब्रान्डिङ तथा सीएसआर विभाग प्रमुख सुशील पौडेलले बचतको महत्त्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसर, डिजिटल कारोबार, डिजिटल ठगी लगायत विषयमा वित्तीय साक्षरता प्रदान गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंक लिमिटेडले दृष्टिविहीनलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्यो।
  • बैंकले दृष्टिविहीनलाई लक्षित गरी स्वाभिमान बचत खाता सञ्चालन गरेको छ।
  • कार्यक्रममा ४० भन्दा बढी दृष्टिविहीन सहभागी थिए।

१ असार, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टिविहीनलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

बैंकका ब्रान्डिङ तथा सीएसआर विभाग प्रमुख सुशील पौडेलले बचतको महत्त्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसर, डिजिटल कारोबार, डिजिटल ठगी लगायत विषयमा वित्तीय साक्षरता प्रदान गरेका थिए ।

वित्तीय साक्षरता कार्यक्रम समापनमा दृष्टिविहीन कृष्ण खत्री अविरलले वित्तीय साक्षरता समयमै नपाउँदा आफूले बैंकमार्फत कारोबार नगरेको, आफूले कमाएको, बचाएको पैसा साथीहरूलाई राख्न दिनुपरेको र उक्त पैसाको जतन हुनेरनहुने कुरामा समेत आफू विश्वस्त हुन नसकेको बताए ।

दृष्टिविहीनहरूले पनि अन्य व्यक्तिसरह अब बैंकमा खाता खोलेर कारोबार गर्न मिल्ने भएपछि आफ्ना वित्तीय कारोबार बैंकमार्फत मात्र गर्ने उनले बताए ।

सोही कार्यक्रममा दृष्टिविहीन विक्रम पथरियाले वित्तीय साक्षरता कार्यक्रमपछि आफूलाई सानो बचतले भविष्यमा ठूलो काम गर्न सकिने आशा पलाएको बताए ।

कार्यक्रममा सर्वोदय परियोजनाका सौगात वाग्लेले दृष्टिविहीनलाई कामना सेवा विकास बैंकले अन्य व्यक्तिलाई जस्तै मोबाइल बैंकिङ, एटीएम कार्ड लगायत सुविधा प्रदान गरेकोमा धन्यवाद दिए । वाग्ले आफू पनि दृष्टिविहीन भएको र अन्य व्यक्तिले जस्तै बैंकिङ सेवा प्राप्त गरी सुरक्षित रूपले बैंकिङ सेवा उपभोग गरिरहेको बताए ।

कामना सेवा विकास बैंकले दृष्टिविहीनलाई लक्षित गरेर स्वाभिमान बचत खाता सञ्चालनमा ल्याइरहेको छ । उक्त खाता खोलेका दृष्टीविहीनले अन्य व्यक्तिसरह मोबाइल बैंकिङ, एटीएम कार्ड लगायत सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले उक्त खाता खोल्न दृष्टिविहीन भएकै कारण अतिरिक्त कुनै पनि कागजात वा अन्य कोही साक्षी आवश्यक नपर्ने र खाता सञ्चालन सम्बन्धी सर्त ब्रेल लिपीमा समेत उपलब्ध गराउने गरेको जनाएको छ । कार्यक्रममा ४० भन्दा बढी दृष्टिविहीन उपस्थिति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?