+

एन्फा महिला लिग छनोट प्रतियोगिता साउन २७ देखि सुरु हुने

२०८२ असार  १ गते २०:५८ २०८२ असार १ गते २०:५८
एन्फा महिला लिग छनोट प्रतियोगिता साउन २७ देखि सुरु हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले साउन २७ देखि महिला लिगको छनोट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ।
  • प्रतियोगिताका लागि असार २० भित्र खेलाडी दर्ता गर्नुपर्नेछ।
  • १६ वटा क्लब सहभागी हुने प्रतियोगिताका लागि आइतबार छलफल भएको थियो।

१ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फा महिला लिगको छनोट प्रतियोगिता साउन २७ देखि गर्ने भएको छ ।

एन्फाले आइतबार सहभागी १६ वटा क्लबसँग छनोट प्रतियोगितासम्बन्धी छलफल गरेको थियो ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न बैठकमा प्रतियोगिता आगामी २०८२ सालको साउन २७ गतेदेखि सुरु गर्ने निर्णय गरिएको हो ।

त्यस्तै प्रतियोगिताका लागि असार २० गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्नुपर्ने कुरा तय गरिएको छ ।

खेल तालिका भने साउन १६ गते सार्वजनिक गरिने जनाइएको छ ।

एन्फा महिला लिग छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय