+
+
Shares

पाँडेलाई प्रश्न : बन्द भएको ‘सक्किगो नि’ अब कहिले आउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्जुन घिमिरे पाँडेले ‘सक्किगो नि’ सिरियल पुनः ल्याउने सम्भावना टिभी र एजेन्सीको चासोमा मात्र निर्भर रहेको बताए।
  • सिरियल बन्द भएको तीन महिना पुगेको भए पनि दर्शकले यसको पुनः प्रक्षेपणको अपेक्षा गरिरहेका छन्।
  • निर्माताले दोस्रो सिक्वेलको तयारी गरिरहेको भए पनि सिरियल पुनः आउने निश्चितता छैन।}

काठमाडौं । चर्चित टिभी श्रृंखला ‘सक्किगो नि’ बन्द भएको ३ महिना पुगेको छ । सिरियलमा आबद्ध कलाकारले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ रिलिज भएपछि उक्त चर्चित श्रृृंखला बन्द हुन पुगेको थियो ।

त्यसयता, ‘सक्किगो नि’ आउँछ कि आउँदैन स्वयम आबद्ध कलाकारलाई पनि थाहा छैन । तर, दर्शक यो चर्चित सिरियललाई फर्किएको हेर्न अधैर्य छन् । ‘लाज शरणम्’ रिलिजअघि अनलाइनखबरसँगको कुराकानीमा कलाकारले फिल्म र सिरियल सँगै अघि बढ्ने वाचा गरेका थिए ।

जब फिल्म रिलिज भयो, कलाकारको वाचा टिकेन । निर्देशक जिग्री ब्रो र बले केही दिनअघि मात्र अमेरिका घुमेर फर्किएका छन् । ‘लाज शरणम्’का निर्माताले दोस्रो सिक्वेल आउने बताइसकेका छन् ।

यस्तोमा, ‘सक्किगो नि’का निर्माता, निर्देशक तथा कलाकारमध्येका एक अर्जुन घिमिरे पाँडेलाई हामीले सोधेका थियौं- अब यो सिरियल पुनः दर्शकमाझ आउने सम्भावना छ कि छैन ?

टेलिभिजन र एजेन्सीले विश्वास गरेमात्र श्रृंखला फर्किन सक्ने सम्भावना रहेको जवाफ उनले दिए । ‘हामीले मात्र चाहेर हुँदैन । टिभी र एजेन्सीले चासो देखाए मात्र हुने सम्भावना छ’ उनले भने, ‘एजेन्सी र टिभी दुवैले अफोर्ड गर्न सक्नुपर्‍यो ।’ टिभी र एजेन्सी पाइएको खण्डमा आफूहरू सिरियललाई फर्काउन तयार रहेको उनले बताए ।

‘दर्शकले मनोरञ्जन लिइराखेको चीज हो । बन्द गर्ने भन्ने कुरा आउँदैन । युट्युबबाट भएपनि ल्याउँछौं’ पाँडेले भने । पाँडेले ‘लाज शरणम्’को दोस्रो श्रृंखला ल्याउनेबारे आफू अनविज्ञ रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?