+
+
Shares

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई होटल हिमालय सेरेन भ्युमा १५ प्रतिशतसम्म छुट

सम्झौतामा होटल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रभु बैंक लिमिटेडले पोखराको होटल हिमालय सेरेन भ्युसँग छुट सम्झौता गरेको छ।
  • सम्झौतामा बैंकका ग्राहक र कर्मचारीलाई खानपान र आवासमा छुट दिने व्यवस्था गरिएको हो।
  • प्रभु बैंकका कर्मचारी र ग्राहकले १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।

२ असार, काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले पोखराको होटल हिमालय सेरेन भ्युमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

पोखरा महानगरपालिका–३१ बेगनासतालस्थित होटल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई होटलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतामा होटल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?