
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका दिवंगत केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानेपामा राखिने भएको छ।
- उनको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।
२ असार, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।
पूर्वउद्योगमन्त्री समेत रहेका ९० वर्षीय शास्त्रीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा सोमबार बिहान निधन भएको हो ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा शास्त्रीको पार्थिव शरीर मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
उनको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
‘नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र निष्ठावान राजनीतिज्ञ, समाजवादी चिन्तक, पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ’, देउवाको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ ।’
प्रतिक्रिया 4