News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले साउन २७ देखि सुरु हुने महिला लिग छनोटको लागि १६ क्लबको नाम सार्वजनिक गर्यो।
 - प्रतियोगिताका लागि असार २० गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्नुपर्नेछ र खेल तालिका साउन १६ गते सार्वजनिक हुनेछ।
 - सहभागी टोलीहरूमा चर्च ब्वाइज, संकटा, बुटवल लुम्बिनी एफसी, झापा एफसी लगायतका क्लबहरू छन्।
 
२ असार, काठमाडौं । साउन २७ देखि सुरु हुने एन्फा महिला लिग छनोट फुटबलका लागि १६ क्लबले नाम दर्ता गराएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार महिला लिग छनोट खेल्ने १६ टिमको नाम सार्वजनिक गरेको हो ।
जसमा ए डिभिजन लिग खेल्ने क्लब चर्च ब्वाईज र संकटा क्लब छन् भने नेपाल सुपर लिग खेल्ने टोली बुटवल लुम्बिनी एफसी र झापा एफसीले पनि नाम दर्ता गराएका छन् ।
प्रतियोगिताका लागि असार २० गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्नुपर्ने कुरा तय गरिएको छ ।
खेल तालिका भने साउन १६ गते सार्वजनिक गरिने जनाइएको छ ।
सहभागी टोलीहरू : बुटवल लुम्बिनी एफसी, छाहारी युवा क्लब, चित्लाङ एफसी, चर्च ब्वाइज युनाइटेड एफसी, एफसी रियाले, झापा एफसी, कन्काई खेलकुद प्रतिष्ठान, लम्की फुटबल एण्ड ट्रेनिङ्ग सेन्टर, नेपाल बेस्ट म्यानेजमेन्ट, नेपाल खेलकुद क्लब, न्यू रोड टिम, राप्ती एफसी, आरएस रिसोर्ट एण्ड बिच फुटबल, संकटा एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट एफसी।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4