+
+
Shares

४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको धुर्कोट गाउँपालिका–६ सिस्तुङका कृषक मेघनाथ अर्याललाई ‘उत्कृष्ट’ कृषकको रुपमा सम्मान गरिएको छ।
  • उनले गत वर्ष ४ सय मुरी धान उत्पादन गरेपछि नगद ६७ हजार रुपैयाँसहित सम्मान पाएका हुन्।
  • उनले आगामी दिनमा अझ मेहनत गरी अन्य कृषकलाई पनि साथ दिने प्रतिबद्धता व्यक्त गरे।

३ असार, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ सिस्तुङका कृषक मेघनाथ अर्याललाई पालिकाले ‘उत्कृष्ट’ कृषकको रुपमा सम्मान गरेको छ । उनले गत वर्ष आफ्नो खेतबारीमा ४ सय मुरी धान उत्पादन गरेका थिए ।

कृषि उत्पादन क्षमतालाई उच्च मुल्यांकन गर्दै पालिकाले उनलाई नगद ६७ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

सम्मान ग्रहणपछि कृषक मेघनाथ अर्यालले पालिकाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ बढी मेहनत गरेर अन्य कृषकलाई पनि साथ दिने प्रतिबद्धता जनाए ।

उनी धान खेतीसँगै पशुपालनमा समेत सक्रिय छन् ।

गाउँपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा अर्याललाई धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वडा अध्यक्ष, जनप्रतिनिधिहरू तथा विभिन्न कृषि समूहका प्रतिनिधिहरूको उपस्थितिमा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?