
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष हेमराज ढकालले कृषि विधेयकमा कृषिमैत्री विषय समेटिनुपर्ने बताएका छन्।
- छलफलमा विभिन्न संघसंस्थाले विधेयकमा सुझाव र बुँदा समावेश गर्न आग्रह गरेका थिए।
- ढकालले सरकारले कृषि विधेयक ल्याउन लागेको र सुझाव संकलन भइरहेको जानकारी दिए।
३ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष हेमराज ढकालले प्रस्तावित कृषि विधेयकमा कृषिमैत्री विषय समेटिनुपर्ने बताएका छन् ।
महासंघको कृषि उद्यम केन्द्रले आयोजना गरेको ‘प्रस्तावित कृषि विधेयक र राष्ट्रिय कृषि नीति’ सम्बन्धमा सरोकारवालासँग गरिएको छलफलमा ढकालले आगामी बजेटमा पनि कृषिका विषय अझै सम्बोधन हुन नसकेको बताए ।
ढकालले कृषि विधेयकको आवश्यकता महसुस गरी बहस पैरवी गरेका कारण कृषि विधेयक ल्याउन सरकार लागेको बताए ।
कृषि उद्यम केन्द्र सभापति डीबी बस्नेतले विधेयकमा समावेश गर्ने राय, सुझाव संकलन भइरहेको र उद्यमीले प्रस्तावित विधेयक र नीतिमा अझै समावेश गर्न छुटेका बुँदा उपलब्ध गराउन आग्रह गरे ।
बस्नेतले विगतमा मन्त्रालयलाई उपलब्ध गराइएका सुझाव केही हदसम्म सम्बोधन भएको र अझै माग भई आएकाले प्राप्त सुझाव एकीकृत गरी पठाउन लागेको जानकारी दिए ।
छलफलमा नेपाल डेरी एसोसिएसन, रुद्राक्ष व्यवसायी संघ, नेपाल व्यवसायी संघ, नेपाल चामल, दाल उत्पादक संघ, नेपाल कफी व्यवसायी महासंघ, फ्लोरिकल्चर एसोसिएसन नेपाल, नेपाल कोदो तथा फापर संघ, नेपाल सुन्तला तथा कागती संघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ, नेपाल कुचो संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल अलैँची व्यवसायी महासंघ, निर्यात व्यवसायी महासंघ नेपालले सहभागी थिए ।
प्रतिक्रिया 4