+
+
Shares
नेपालगन्ज फोटो फेस्टिभल :

अनलाइनखबरकर्मी धिमालद्वारा जाजरकोट भूकम्पमा कैद तस्वीर बन्यो ‘वर्ष तस्वीर’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते २२:३७

४ असार, काठमाडौं । जाजरकोट भूकम्पको बेलामा अनलाइनखबरकर्मी आर्यन धिमालले खिचेको तस्वीर नेपालगन्ज फोटो फेस्टिभलमा आयोजित प्रतियोगितामा ‘वर्ष तस्वीर’ घोषणा भएको छ ।

जाजरकोट भूकम्पको बेलामा धिमालले उक्त तस्वीर रुकुमको आठबिसकोट नगरपालिका–१४ छेपारे गाउँमा ‘आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिला’ को तस्वीर कैद गरेका थिए ।

उक्त तस्वीर वर्ष तस्वीर घोषणा भएको हो । वर्ष तस्वीरले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेटर, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर, वाईल्ड लाइफ र न्युज विधा प्रतियोगिता भएको थियो । जसमध्ये धिमालले कैद गरेको तस्वीर ‘वर्ष तस्वीर’ घोषणा भएको हो ।

अनलाइनखबरकर्मी आर्यन धिमालले जाजरकोट भूकम्पको बेलामा कैद गरेको तस्वीर

त्यस्तै, एग्रीकल्चरमा बबी साई, कल्चरमा सञ्जय महर्जन, डेली लाइफमा विजय थापा, टुरिजम, नेचर एन्ड कन्जरभेटरमा रेमिन थारु, स्पोर्ट्समा तिलक महामगर, नेपाल स्माईलमा जीवन लामा, वाईल्ड लाइफमा विनय रावल, टुरिजममा मनोज पौडेल र न्युजमा बरम बुढाका तस्वीरहरू उत्कृष्ट भएका छन् ।

प्रत्येक विधाको उत्कृष्ट फोटोलाई नगद ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

अन्तरालको आयोजनामा भएको नेपालगन्ज फोटो फेस्टिभल दुई दिनसम्म चल्ने बताइएको छ ।

फेस्टिभलमा आयोजित फोटो प्रतियोगिताका विभिन्न ९ वटा विधामा २ हजार १ सयभन्दा बढी तस्बिरमध्ये १ सय ११ फोटो फोटोहरू प्रदर्शनीका लागि राखिएका छन् ।

वरिष्ठ फोटो पत्रकार, फोटो पत्रकार क्लबको पूर्व अध्यक्ष तथा जर्नालिज्म एकेडेमीका कार्यव्यवस्था निर्देशक विकास कार्की, वरिष्ठ फोटोग्राफर रमेश मल्ल र वरिष्ठ फोटो पत्रकार केशवराज थोकर रहेको निर्णायक समितिले उत्कृष्ट तस्वीरहरू छनौट गरेको थियो ।

विनय रावल, वाईल्ड लाइफ विधा
मनोज पौडेल, टुरिजम विधा
तिलक महामगर, स्पोर्ट्स विधा
बरम बुढा, न्युज विधा
विजय थापा, डेली लाइफ विधा
जीवन लामा, नेपाल स्माईल विधा
रेमिन थारु, नेचर एन्ड कन्जरभेटर विधा
सञ्जय महर्जन, कल्चर
बबी साई, एग्रीकल्चर विधा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?