
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ ४ सय रुपैयाँ घटाएर १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ।
- अघिल्लो दिन सुनको भाउ १ लाख ९५ हजार ९ सय रुपैयाँ थियो भने चाँदीको मूल्य २ हजार २२५ रुपैयाँबाट २ हजार २ सय रुपैयाँमा झरेको छ।
- सुन र चाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ।
५ असार, काठमाडौं । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदी पनि उच्च मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २ सय रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4