+
+
Shares

विधेयक पारित गराउन सरकार गम्भीर देखिएन : माओवादी केन्द्र

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोलेका नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १३:१९
नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डे ।फाइल फोटो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको गम्भीरता नदेखिएको आरोप लगाए।
  • उनले संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित गर्न सरकारलाई ध्यानाकर्षण गराए।
  • पाण्डेले सरकारको व्यवहार र बोलीमा भिन्नता रहेको बताए।

५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोलेका पाण्डेले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताए ।

संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् भनेर प्रमुख प्रतिपक्षी दलले बारम्बार दबाब दिइरहेको भए पनि सरकारकै अनिच्छाको कारण ती विधेयक अहिलेसम्म अड्किएको बताए ।

उनले लामो समयको बहस र छलफलपछि सदनमा आएको संघीय निजामती विधेयक चाँडो पारित गरेर प्रदेश र संघीय सरकारका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?