
७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउ र भ्रष्टाचारविरुद्ध खबरदारी गरेर स्थापना दिवस मनाएको छ ।
पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले माइतीघरमा सभापतिलाई प्रतिसोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन गरेको छ ।
यसअघि वृहत कार्यक्रम गरेर स्थापना दिवस मनाउने रास्वपाले यसपटक सभापति थुनामा भएकोले सडकमा हस्ताक्षर संकलन गरेर मनाएको हो ।
सभापति लामिछानेमाथि सरकारले साँधेको प्रतिसोधका विरुद्ध लाखौ हस्ताक्षर संकलन गरिने उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए ।
उनले रास्वपाको चमत्कारिक उदयसँग डराएर सरकार अत्तालिएको बताए । रास्वपाको गति रोक्न सकिन्छ कि भनेर सरकारले सभापतिलाई कानुनी झमेलामा पारेको बताए ।
हस्ताक्षर संकलन अभियानका लागि रास्वपाले चन्दा संकलन पनि सुरु गरेको छ ।
तस्वीरहरू : आर्यन धिमाल
प्रतिक्रिया 4