
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको कालिगण्डकी करिडोर निरन्तर पहिरोका कारण अवरुद्ध छ।
- सडक खुलाउने काम भइरहे पनि निरन्तर पहिरो झरिरहेकाले समस्या भएको प्रहरीले बताएको छ।
- सडक पूर्णरूपमा सञ्चालनमा नआएपछि जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्लासँगको सम्पर्क अवरुद्ध छ।
७ असार, गुल्मी । निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ ।
शुक्रबारदेखि जिल्लाको कालिगण्डकी गाउँपालिका वडानम्बर– २ गरगरेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो आई २४ घण्टादेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।
बाटो खुलाउने काम भइरहे पनि निरन्तर ढुंगा सहितको पहिरो झरिरहेकाले समस्या भइरहेको सारुले बताए । चट्टानसहितको पहिरो खसेकाले समय लाग्ने उनले बताए ।
पहिरोले करिडोरका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ । सडक अवरुद्ध हुँदा जिल्लाको पुर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।
त्यस्तै ४ दिन अघि कागण्डकी गाउँपालिका–६ बरम्बा स्थित कालिगण्डकी करिडोर सडकको गुल्मी खण्ड अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक मंगलबार मात्रै एकतर्फी खुलेको थियोे । हालसम्म पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन् ।
प्रतिक्रिया 4