
News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस-एमालेका सांसदहरूले प्रतिनिधिसभामा बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन्।
- रास्वपाका सांसदहरूले भिजिट भिसा प्रकरणको छानबिनको माग गरेका छन्।
- संसद्मा उनीहरूको अवरोधलाई वेवास्ता गर्दै सभामुखले कामकारबाही जारी राखेका छन्।
८ असार, काठमाडौं । प्रतिनिधिसभामा सत्तापक्षका सांसदहरू बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।
प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका उनीहरू कांग्रेस–एमालेका सांसद बोल्ने पालो आएपछि बाहिरिएका हुन् ।
शनिबार पनि रास्वपाले यस्तै गरेको थियो । रास्वपाका प्रवक्ता मनिष झा सत्तापक्षमा रहेको दुई तिहाइको दम्भ नसुन्न बहिष्कार गरेको बताउँछन् ।
रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ । तर, संसद्मा उनीहरूको अवरोधलाई वेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही चलाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4