+
+
Shares

संसद्को अवरोधबारे छलफलमा रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १०:५६

१० असार, काठमाडौं । संसद्को अवरोधबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ ।

भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको भनिएको विषयमा अध्ययन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको छ ।

योसँगै अब संसद्को अवरोधबारे कस्तो नीति अवलम्बन गर्ने भनेर रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।

‘अब संसद्को अवरोधलाई के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ‘छलफल गर्दैछौं’, भन्ने जवाफ दिए ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।

भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले संसद् अवरोध गर्दै आएको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाउँदै आएको छ ।

सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितले यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका थिए ।

३० जेठमा सत्तापक्षसँग दुई बुँदे सहमति गरेसँगै माओवादी संसद् अवरोधबाट पछि हटेको थियो । तर, गत जेठ १३ गतेदेखि नै रास्वपा र राप्रपाको अवरोध कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?