+
+
Shares

गृहमन्त्री लेखकले गरे शंकरदास वैरागीको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १२:२०

१० असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको प्रसंशा गरेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । यो निर्णयबारे मंगलबार प्रतिनिधि सभामा जानकारी गराउँदै गृहमन्त्री लेखकले वैरागीलाई राम्रो जानकार भएको व्यक्तिको रुपमा चर्चा गरे ।

‘परराष्ट्र मन्त्रालयको सचिवको रुपमा पनि राष्ट्रलाई सेवा प्रदान गरिसक्नुभएको र त्यसपछि नेपाल सरकारको मुख्यसचिवकै रुपमा काम गरिसक्नुभएको र यस क्षेत्रमा राम्रो जानकार रहनुभएका व्यक्ति, पूर्वमुख्य सचिव शंकरदार वैरागीजीको अध्यक्षतामा यो उच्चस्तरीय समिति गठन गरिएको छ’, गृहमन्त्री लेखकले भने ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने वा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका थिए ।

सरकारले छानबिन समिति मात्रै गठन गरेको छ । गठित समितिले आफ्नो सुझावसहितको प्रतिवेदन सरकारलाई दिन्छ । सरकारले त्यसलाई कार्यान्वयन गर्ने वा नगर्ने विवेक प्रयोग गर्न सक्छ ।

गृहमन्त्री लेखकका अनुसार भिजिट भिसा प्रकरणबारे छानबिन गठर्न गठित उच्च स्तरीय समितिको विभिन्न ९ वटा कार्यादेश दिइएको छ । जसअन्तर्गत रहेर समितिले तत्कालिन र दीर्घकालीन रुपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको काममा असर नपर्ने गरी समितिले काम गर्नेछ । अध्यागमनमा रहेको समस्या पहिचानदेखि नीतिगत सुधारसम्मका काम गर्ने गरी छानबिन समितिलाई कार्यादेश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?