+
+
Shares

११ महिनामा ६० अर्ब ६० करोड वैदेशिक लगानी प्रतिबद्धता

उद्योग विभागका अनुसार जेठ मसान्तसम्म अटोमेटिक रुटबाट ३ अर्ब ८६ करोड र अप्रुभल रुटबाट ५६ अर्ब ७४ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ६० अर्ब ६० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।
  • अटोमेटिक र अप्रुभल रुटबाट क्रमशः ३ अर्ब ८६ करोड र ५६ अर्ब ७४ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएको छ।
  • जेठसम्म ७ सय १७ वटा लगानी स्वीकृत भएका छन्, जसमा ३७० प्रस्ताव अटोमेटिक रुटबाट आएका हुन्।

१० असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना अवधिमा ६० अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागका अनुसार जेठ मसान्तसम्म अटोमेटिक रुटबाट ३ अर्ब ८६ करोड र अप्रुभल रुटबाट ५६ अर्ब ७४ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

अघिल्लो आव यसै अवधिमा अप्रुभल रुटबाट ४४ अर्ब ४१ करोड र अटोमेटिक रुटबाट ५ अर्ब ६४ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको थियो ।

जेठसम्म कुल ७ सय १७ वटा लगानी स्वीकृत भएको तथ्यांक छ । यसमध्ये ३ सय ७० प्रस्ताव अटोमेटिक रुटबाट आएका हुन् । यस वर्ष जेठमा मात्र १ सय ४१ प्रस्ताव स्वीकृत गरिएको छ । ८८ वटा अटोमेटिक रुटबाट आएको देखिएको छ ।

यस वर्ष स्वीकृत कुल वैदेशिक लगानी प्रस्तावमध्ये ६ वटामात्र ठूला उद्योग दर्ता भएका छन् । ९ वटा मझौला उद्योगमा लगानी प्रस्ताव आएको छ । अन्य लगानी भने साना उद्योगमा आएको छ । कुल ७ सय २ साना उद्योग दर्ता भएको तथ्यांक छ । जेठमा मात्र एक उद्योग मझौला खालको आएको छ ।

यस वर्ष दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै सूचना प्रविधिमा छन् । यसमा ३ यस १३ उद्योग दर्ता छन् । यो ४४ प्रतिशत हिस्सा हो । दोस्रो स्थानमा पर्यटन छ । २ सय ६६ उद्योग पर्यटनमा दर्ता भएका छन् । यो ३७ प्रतिशत हिस्सा हो । सेवा क्षेत्रमा ७६ (११ प्रतिशत), उत्पादनमा ४८ (७ प्रतिशत), कृषिमा ११ (१ प्रतिशत) उद्योग दर्ता भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?