+
+
Shares

१४ किसानले पाए ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रपति भवन शितलनिवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ७ प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशबाट दुई जनालाई पुरस्कार प्रदान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले १४ किसानलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ।
  • पुरस्कार प्रदान गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषिमा युवा केन्द्रित कार्यक्रम र प्रविधि प्रयोगमा जोड दिए।
  • कृषिमन्त्री रामनाथ अधिकारीले आजको दिन सबैका लागि गर्व र प्रेरणाको दिन भएको बताए।

१० असार, काठमाडौं । सरकारले देशभरका १४ किसानलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ वितरण गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रपति भवन शितलनिवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ७ प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशबाट दुई जनालाई पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कृत हुने किसानमा कोशी प्रदेशबाट सुरेशकुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म), मधेसबाट भरतकुमार यादव (शम्भुनाथ माछा फर्म) र हिराबहादुर थापा मगर (निजगढ केरा एग्रिकल्चर), बागमती प्रदेशबाट चेतप्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसी (ग्रिनलाइन एग्रो प्रालि) छन् ।

त्यस्तै गण्डकी प्रदेशबाट छिरिङढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म) र बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म), लुम्बिनीबाट जयपाल मौर्य (खाद्यान्न बाली) र सुवास कुर्मी (शान्ति उन्नत पशुपालन तथा माछा फर्म) छ्न् । त

यसैगरी कर्णाली प्रदेशबाट गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी (सुन्तला खेती) र सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्रालि) छ्न् ।

पुरस्कृत किसानलाई जनही २ लाख रुपैयाँ प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे ।

उनले विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरण निर्माणमा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाले विशेष ध्यान दिनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले भने, ‘किसानको उत्पादन बजारीकरणको व्यवस्था, समयमै बीउबिजन र मल आपूर्ति, नवीनतम औजार/उपकरण/यन्त्र र प्रविधि उपलब्धता, किसानको समस्या पहिचान र निदानको व्यवस्था, किसानको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, किसनालाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषय हुन् । यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री रामनाथ अधिकारीले आजको दिन सबैका लागि गर्व र प्रेरणाको दिन भएको बताए ।

मन्त्रालयद्वारा स्वीकृत ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१’ अनुसार देशभरिका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकका रूपमा छानिएर आएका १४ किसानलाई उनीहरूले कृषि क्षेत्रमा पुर्‍याएको योगदानलाई उच्च मूल्यांकन गर्दै सम्मान गर्न पाउनु एक ऐतिहासिक अवसर भएको उल्लेख गरे ।

उत्कृष्ट कृषक पुरस्कारले कृषि पेसालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्दै समाजमा नयाँ प्रेरणा दिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?